भारत र वेस्ट इन्डिजको अन्तिम तथा निर्णायक टि-ट्वान्टी खेल आज

Latest Update

 मंसिर २५ काठमाडौ आज भारत र वेस्ट इन्डिजको निर्णायक खेल हुदैछ । बराबरीमा रहेको टी-२० सिरिजमा दुबैलाई सिरिज जित्ने मौका एवम् चुनौती रहेको छ । वानखेडेमा हुने आजको खेल नेपाली समयानुसार बेलुकी ७:१५ बाट सुरु हुनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई हराउदै भारतले ६ विकेटले जीत हात पार्यो भने दोस्रो खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिजलाई बराबरीमा पुराएको छ । विराटको कप्तानीमा रहेको भारत तथा किरण पोलार्डको कप्तानीको रहेको वेस्ट इन्डिज खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । टिमको कप्तान टस जितेर फिल्डिङ गर्न रुचाउने छ किन कि वानखेडेमा पछिल्ला रेकर्ड हेर्ने हो भने पछि ब्याटिङ गरेको टोलीले चेस गर्न सजिलो हुन्छ ।

यी हुन दुबै टीमबाट सम्भावित ११

भारतको तर्फबाट: रोहित शर्मा , केएल राहुल, विराट कोहली , श्रेयस ऐअर , रिशभ पन्त, शिवम दुबे , रविन्द्र जडेजा , वाशिङन्टन सुन्दर , दीपक चहर,भुवनेश्वर कुमार, युगेन्द्र चहल

वेस्ट इन्डिजको तर्फबाट: लेन्डल सिमिन्स , इभिन लिविस ,ब्रान्डोन किङ्ग , सिमरन हेटमाएर ,निकोलस पुरन , किरन पोलार्ड , जेसन होल्डर/ किमो पल , शेल्डोन कोट्रेल , केश्रीक विलियम, पिएरे र हेयडेन वाल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *